शितगंगा: ५५ वर्षीय १ जना पुरुष मृत अवस्थामा फेला

 

spot_img

-अर्घाखाँची डट्कम सम्बाददाता।

अर्घाखाँची शितगंगामा   १ जना मृत अवस्थामा फेला परेका छन् । शुक्रबार अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा ५५ वर्षीय भुपाल पुन मृत फेला परेको ईलाका प्रहरी कार्याय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार निर्माणको काम गर्दै आएका प्युठान नौबेनी गाँउपालिकाका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका थिए ।बिहीबार बेलुका खाना खाएर सुतेको तर बिहान खाना खान नउठेपछि बोलाउदा मृत अवस्थामा फेला परेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पुनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

अन्य समाचारहरु