धारापानीका प्रकाश बन्जाडे प्रवासमा बसेर लोकसंगितको अभिनयमा रमाउदै

spot_img

 

-केशव राज ज्ञवाली ,अर्घाखाची डट्कम।

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर पालिका ३ धारापानीका प्रकाश बन्जाडे लामो समयदेखी लोक दोहोरी गितमा अभिनय गरिरहेका छन ।

अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिका ३ मा जन्मिएका प्रकास बन्जाडे लामो समयदेखि भारत को न्यादिल्ली स्थित नरेनामा बसोबास गर्दै आफ्नो सम्पुर्ण परिबारको साथ भारतलाइ कर्मथलो बनाएपनी आफ्नो जन्म भुमी र आफ्नो देशको भाषालाई माया गर्दै लोकदोहोरी गितमा अभिनय कायम राखेका हुन ।

Open photo

गाउँ देखि शहर सम्म , तराई देखि पहाड हिमाल सम्म गुन्जी रहने त्यो मीठो लोकदोहोरी भाकामा अभिनय गर्दै आएका प्रकास बन्जाडे लाई भारत मा बसेर पनि आफ्नो देस को यो मीठो सङ्गीत लाई अङगाल्दा आनन्द लाग्ने गरेको बताउछन ।

उनको अभिनय नेपालीहरुलाई राम्रो लाग्ने गरेको पनि छ । अबको केही समयमा हातमा ठेला भन्ने गितमा पनि उनको अभिनय देख्न पाइने भएको छ । उनले यसलाई पनि माया गरि एक पटक हेरि दिन अनुरोध गरेका छन ।