मिसन ग्रासरूट अभियान : सन्धिखर्क नगरपालिका वडा नं. ७ काे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न।

spot_img

 

-केशव घिमिरे , अर्घाखाची डट्कम।

अर्घाखाँची ,फाल्गुन २० ।अर्घाखाँची नेकपा एमालेद्वारा देशभरि सन्चालन गरिएकाे मिसन ग्रासरूट अभियान अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ७ काे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । नेकपा (एमाले) सन्धिखर्क ७ नं. वडा कमिटीकाे आयाेजनामा सन्धिखर्ककाे वडा न ७ को फुदबाङ्गमा कार्यक्रम सम्पन्न भएको हाे ।

No description available.

मिसन ग्रास रूट ( पार्टी सुदृढीकरण तथा विस्तार ) अभियान अभिमुखिकरण कार्यक्रम मा मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश कमिटी सचिबालय सदस्य रामजि प्रसाद घिमिरेले पार्टीलाई जन स्तर सम्म पुर्याउन ,बलियाे गरि पार्टी संगठन स्थापित गर्न र भाेलि श्रेष्ठता हासिल गर्नकाे निम्ति याे अभियान सुरू गरिएको बताउँदै अभियान सफलताकाे शुभकामना ब्यक्त गर्नु भयाे ।

No description available.

विशिष्ट अतिथि जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पोख्रेल ले अभियान सफल बनाउन केन्द्र प्रदेश र जिल्ला तहका नेताहरू समेत ग्रासरूट मा आएकाे बताउँदै याे अभियानले नेता कार्यकर्ताकाे सम्बन्ध प्रगाढ बनाउँदै पार्टी संगठन बलियाे बनाउने बताउनु भयाे ।

वडा कमिटी अध्यक्ष चुराबहादुर के सि अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य लक्ष्मण कंडेल ,भरत न्यौपाने, नगर कमिटी अध्यक्ष श्री कृष्ण भुसाल समेत मन्तब्य राख्नु भएको थियाे।

images

No description available.

सन्धिखर्क वडा नं. ७ अन्तर्गतका पालिका कमिटीका सदस्यहरू लगायत वडा कमिटीका सदस्यहरू, टाेल कमिटीका पदाधिकारी, वडा स्तरका जनसंगठनका पदाधिकारीहरूकाे समेत सहभागिता रहेकाे थियाे । कार्यक्रममा प्रदेश ,जिल्ला र नगर कमिटीका परिपत्रहरू वाचन गरिएकाे थियाे । कार्यक्रमकाे कार्ययाेजना बिषयमा नगर अध्यक्ष श्रीकृष्ण भुसालले प्रकाश पार्नु भएको थियाे ।

images

No description available.

वडाले टाेल स्तरको याेजना निर्माण सहित अभियान संचालनकाे महत्त्वपूर्ण याेजना तय गरेकाे छ । कार्यक्रमकाे सन्चालन वडा कमिटी उपसचिव विमला थापा ले गर्नुभएको थियाे । याे ग्रासरूट अभियान फाल्गुन ५ देखि बैशाख ५ गते सम्म २ महिना देश भर सन्चालन गरिएको छ ।

images

अर्घाखाँची जिल्लामा पनि प्रत्येक पालिकाहरूमा दैनिक यसैगरि अभियान सन्चालन भै रहेका छन् याे अभियानमा पार्टी बिस्तार र सुदृढीकरण का कामहरू हुने भएका छन् जस्मा पालिका स्तरिय प्रशिक्षण भेला तथा अन्तरकृया कार्यक्रम , संघ संस्था नागरिक समाज सदस्य बिच अन्तरकृया एवं अभिनन्दन , पार्टी र जन प्रतिनिधि माझ अन्तरकृया एवं टाेल टाेलमा पुगेर जनसंगठन निर्माण , पार्टी सदस्यता बितरण ,सुझाव संकलन , याेजना निर्माण जस्ता कार्यहरू गरिने बताईएकाे छ ।

अन्य समाचारहरु