फाल्गुण पुर्णिमा: होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

 

spot_img

No description available.   -दीपेन्द्र पौडेल , अर्घाखाची डट्कम।

अर्घाखाची ,२२ फाल्गुन ।   फाल्गुन पुर्णिामा हिन्दू धर्म मान्नेहरुका लागि होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य रुपमा मनाइन्छ फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्ध वृद्धाहरु हातमा रङ र रंगीन लोला लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुस्मनीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ।

Colour of Festival: Holi - DPTREKS

होली रङ्गहरूको चाड पनि हो यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइने हुँदा यसलाई फागुचाडले पनि चिन्नछ । तराईमा सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ।’ सबै पक्ष ठिकै लाग्छ। तर, अचेल विकृति बढेको छ ।

फागुन २२ पुर्णिमा आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

No description available.

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रंगीन बनाउँछन्। होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन थियोे जस्लाइ अहिले पनि सानो–सानो नानीहरूदेखि बृद्धबृद्धासम्म सबै होलीको रङ खेल्ने गर्दछन्।

How to Make Holi Colours At Home - 7 Easy Natural Holi Colours

भनिन्छ कि होलीको दिन पुरानो रिसहरु समाप्त गरेर, वैमनस्यला बिर्सेर एक आपसमा माया सटासाट गर्दछ्न ।