-बिराट पहारी ,अर्घाखाँची।
भुमिकास्थान,अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको (हिजो) तेश्रो दिनमा जीवन नेपाली टिम कोच रहेको रोयल ढाकाबाङ भलिवल क्लबले आफ्नो तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
मालारानी हंसपुर भलिबल क्लव र रोयल ढाकाबाङ बीच भएको तेश्रो दिनको खेलमा रोयल ढाकाबाङ भलिवल क्लबले हंसपुर भलिवल क्लवलाई २- ० को सिधा सेटमा पराजित गर्दै फाइनल मा प्रवेश गरेको हो।
यस अघि रोयल ढाकाबाङ ले आफ्ना दुइखेलमा खिल्जी युवा क्लब र आदीबासी जनजाती क्लबलाई पनि २ -0 को सिधा सेटमा नै पराजीत गर्दै अगाडि बडेको हो।
पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा शुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नु भएको थियो।
तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगितामा आयोजक १ अन्य बाहिरी ७ गरी ८ टिम सहभागी रहेको आयोजक समुहका सदस्य बिष्णु शर्माले बताउनु भयो बाकि रहेको सेमिफाइनल र फाइनल खेल आज हुनेछ।