पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली, तराईमा भोलि (तस्बिर सहित)

spot_img

 

काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ।

May be an image of 4 people, people standing and outdoors

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।

May be an image of 6 people, people standing and outdoors

यस पर्वका अवसरमा काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन्।यसैगरी अर्घाखाचीको सन्धिखर्कमा पनि होली बिशेष कार्यक्रमहरुको आयोजना भएका छन।

पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली, तराईमा भोलि

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

May be an image of 6 people, people standing and outdoors

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

May be a close-up of 6 people, child, people standing and outdoors

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

May be an image of 6 people, people standing and outdoors

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

May be an image of 7 people, people standing and outdoors

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ।

 

थप तस्बिर :

May be an image of 3 people, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 5 people, people standing and outdoors

May be a close-up of 6 people, child, people standing and outdoors

May be an image of 3 people, people standing and outdoors