हार्दिक निमन्त्रणा : अर्घाखाची बल्कोट स्थित महेन्द्र बिधाबोध मा.बि.ले बुटवलमा रहने जिल्लाबासी र सरोकारवालाहरु सग अन्तरकृया कार्यक्रम गर्ने

 

-अस्लम अली छत्रदेव, अर्घाखाची डट्कम।

अर्घाखाची । छत्रदेव गाउपालिका बल्कोटमा रहेको श्री महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालयले आफ्नो हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउन आबस्यक पुर्व तैयारीमा जुटेको छ । सो अबसरमा बि.स. २०२० मा स्थापना भएको यो बिधालयलाई छत्रदेवको शैक्षिक धरोहरका रुपमा लिने गरिन्छ । उक्त बिद्यालयले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउन लागेको बिद्यालय प्रशासनले जनाएको छ । बिधालयले हिरक महोत्सवका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ ।

No description available.

 

जसअनुसार २०८० बैशाख १४ गते दिप प्रज्ज्लन कार्यक्रम , १५ गते सरस्वती पुजा , १६ देखि १८ गते सम्म अन्तर बिधालय स्तरिय हाजिर जबाफ प्रतियोगिता , विभिन्न बिधामा , खेलकुद प्रतियोगिता , लोक साहित्य प्रतियोगिता , १९ गते पुर्ब विद्यार्थी र विशिष्ट ब्यक्तित्वहरु सङ्ग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बैशाख २० गते हिरक महोत्सव मुल समारोह उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

बिद्यालयले हिरक स्तम्भ निर्माण , हिरक मंच निर्माण र पुर्व शिक्षक कर्मचारी र चन्दादाता सम्मान जस्ता कार्यक्रमहरु सहित समग्र, हिरक महोत्सव सफल पार्न सम्पुर्ण बुटवल मा पुर्ब शिक्षक , पुर्ब विद्यार्थी , बिधालय ब्यबस्थापन समिती संचालक समिती सहित , अभिभावक , सरोकारवाला सम्पुर्ण संग एसियन पाटी प्यालेस नया बसपार्क पछाडि बुटवलमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुनु हुन सरोकारवाला सबैलाई अनुरोध गरेको छ।

तसर्थ महेन्द्र विद्यावोध मा.वि.बल्कोटको हिरक महोत्सवको सन्दर्भमा यही २०७० रहनुभएका महानुभावहरुसंग अन्तर्क्रिया कार्यक्रम राखिएकोले यसै सूचनालाई आधारमानि उपस्थितिको लागी हार्दिक अनुरोध छ।

स्थान : एसियन पार्टी प्यालेस नया बसपार्क बुटवल
समय : बिहान ११:०० बजे