” नेताजीले”(कविता )

No description available.   -राम ब. खनाल  (कविता )
      ” नेताजीले”
झुट्टा कुरा थोत्रा भाषण बोलेर खाए
नैतिकता, ऐनकानुन आगोमा पोलेर खाए ।
पाँच वर्ष स्थायी सरकार चलाउंछौ भन्थे,
जनतालाइ झुक्याउने झुटो पसल खोलेर खाए।
सहिदको रगतमा रातदिन होलि खेल्दै,
राज्यलाई कौडी भाउमा मोलेर खाए ।
दिनकादिन पछ्याउंदै श्रीलंके बाटो,
मज्बुत अर्थतन्त्र होलि वाइन्मा घोलेर खाए ।
पाँच देखी नौ दलसम्म गठबन्धन अरे,
पद पिच्छे भागबन्डा पाउ-पाउमा तौलेर खाए ।
झुट्टा कुरा थोत्रा भाषण बोलेर खाए
नैतिकता, ऐनकानुन आगोमा पोलेर खाए ।