के हो डकवर्थ लुईस नियम (DL method) ?

images

-निरज भट्टराई , अर्घाखाची ।

के हो डकवर्थ लुईस नियम (DL method) ?

यो एउटा गणितीय विधि हो । जसको प्रतिपादन इंग्लैंड का दुई सांख्यिक विद्वान फ्रैंक डकवर्थ र टौनी लुईस द्वारा गरिएको हो ।

यसको प्रयोग बिशेष गरि क्रीकेट खेलमा एक टिमले खेल पूरा गरेको र अर्को टिम पनि खेलमा सहभागी भई बर्षा, प्राकृतिक बिपद, समय आदिका कारण खेल पूरा गर्न नसकि खेल रोकिएको अवस्थामा खेलको भविस्यवाणिका लागि प्रयोग गरिन्छ र अन्य क्षेत्रमा समेत प्रयोग हुन सक्दछ । जसको गणनाका लागि क्याल्कुलेटर समेत आविस्कार गरिएको छ ।

नेपाल सिधै विश्वकप छनोटमा

यसै बिच आजको खेल कसरी नेपालले जित्यो भन्ने सन्दर्भमा जब खेल लम्बिएको कारण निर्धारित समय ५:३० पूरा भयो तब एम्यायरले खेल स्थगन गरि Dl method मा जाने निर्णय गर्यो त्यस बेला UAE ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३१० रन बनाएको थियो भने नेपाल ४४ ओभर खेलेर ६ विकेट गुमाई २६९ रन बनाएको थियो जसको कारण नेपाल ९ रनले बिजय भयो तर त्यही ओभरमा नेपालले ७ विकेट गुमाएको भए २ रनले बिजय र ८ विकेट गुमाएको भए निर्धारित २७९ रन पुराउन नसकी पराजित हुने थियो ।

यो नेपालको पक्षमा गरिएको आकस्मिक निर्णय होइन । icc को अन्तर्राष्ट्रिय नियम र मान्यता अनुसार गरिएको निर्णय हो । बधाई एवं शुभकामना नेपाली रास्ट्रिय टिमलाई क्रीकेट खेलमा अहिले सम्मको ठुलो उपलब्धिका लागि ।

 

डकवर्थ लुईस नियम : 

No description available.

No description available.

 

No description available.