.gif)

-केशब पन्थी , अर्घाखाची ।
एक गजल: भ्रमको बेपार !
टाल्नु पर्ने ठाउँ कति कति
जता ततै परेको छ प्वाल
तै पनि जीवन चलेकै छ यहाँ
बिश्वकै सुन्दर हाम्रो देश नेपाल ।
न दिन पाइयो न लिन सकियो कस्तो यो बेहाल
दिन प्रतिदिन जहाँका जनता किन हुदैछन कंगाल
बन्द-बेपार सबै घाटामा तर बैंकजति मालामाल
नबिर्स त्यो अस्थिर देशको सुन्दर नाम हो नेपाल !!!
राजनीतिमा दौडधुप धेरै तर नतिजा शून्य बराबर
कस्तो गठजोड कहिले आपसमै “पानी” बाराबार
देश बनाउछु भन्नेहरुकै आज लिला छ अपरम्पार
आश्वासनका अनेक पोका अन्त्यमा भ्रमको बेपार!!!




