लघुबित्त पिडितको गुनासो सुन्दै प्रजिअ अर्यालले भनिन् , नियम अनुसार काम नगरेका लघुबित्त प्रति कडा कार्यबाही गछौ (तस्बिर सहित )

-अनिल नेपाली,अर्घाखाची डट्कम। 

अर्घाखाँची  – पछिल्लो समय अर्घाखाँची लगायत देशभर लघुबित्त सस्था प्रति ऋणीहरु आक्रोशित भइरहेको बेला लघुबितले मर्नु र बाच्नु गरायो भन्ने आरोप लगाईरहेको बेलामा बुधबार लघुबित पिडित अर्घाखाँचीका ऋणीले प्रमुख जिल्ला अधिकारी सामु आफ्ना समस्या राखे अधिकाश समस्या लघुबितले अनाआबश्यक रुपमा धेरै टर्चर दियो , मानसिक यातना दियो व्याजदर धेरै लियो ऋण

May be an image of 3 people, people sitting and indoor

निकाल्दा अनाआबश्यक रकम कटौती ग¥यो , जिउदो मान्छेलाई पनि समयमै ऋण तिर्न नसक्दा मुत्यु दर्ताको कागज लिए ऋण मिनाह गरिदिन्छौ , साना छोराछोरीलाई पनि मानसिक टर्चर दियो भन्ने गुनासा थिए । लधुवित्त पिडितको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी मिना अर्याले लघुबित्त संस्थाले वित्तिय नियम अनुसार काम नगरे कार्यबाही गर्ने बताइन् ।

May be an image of 12 people, people sitting, people standing and indoor

अर्घाखाँचीमा लघुवित्तमा बढ्दै गएको विसङ्गति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी र सरोकारवाला र पिडित बिच  जिल्ला प्रशासन कार्यालयमा सम्पन्न समन्वयनात्मक कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताउनुभएको हो

May be an image of 12 people, people standing, people sitting and indoor

प्रजिअ अर्यालले गरीब तथा विपन्न समुदायका महिला बर्गमा वित्तीय पहुँच पुर्याएर गरिबी निवारणमा सघाउने र वेरोजगारी घटाउने मुख्य उद्देश्यका साथ करिब तीन दशक अघि शुरु भएको लघुवित्त प्रणाली पछिल्लो समय नाफामुखी भएको बताउदै पछिल्लो समय नाफालाई मुख्य उद्देश्य वनाएकै कारण लघुवित्त सेवा गरीब सम्म आईपुग्दा समस्या देखा परेको बताउदै सस्थाले नाफा कमाउने होडमा अनुचित अभ्यासहरू हुदै गएको र यसले मुख्यतः ऋणिहरु कहिल्यै माथि उठ्न नसक्ने अवस्था सिर्जना भएको बताउदै सेवाप्रदायक निकाय र सेबाग्राहीले जिम्मेबारी अपनाउनु पर्नेमा जोड दिदै कतिपय लघुवित्तले मानबता विरोधी काम गरेकोले नियमभन्दा माथि गएर काम गर्ने जोकोहीलाई पनि कार्यबाही गर्ने बताउनुभयो ।

May be an image of 6 people, people sitting, people standing and indoor

कार्यक्रममा सहायक प्रजिअ मेघनाथ उपाध्यायले नियमभन्दा माथि गएर ऋणीलाई दुख दिने मानसिक खलबल पु¥याउने काम गर्ने जोकोहीलाई कार्यबाही गनुपर्ने बताउदै ,मानबताका हिसाबले सभ्य व्यबहार र सामाजिक न्याय सहित जनतालाई सेबा दिनुपर्ने बताए ।

May be an image of 10 people, people sitting, people standing and indoor

कार्यक्रममा प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले सेबाप्रदायक निकाय सेवाग्राही बिच नङ मासुको सम्वन्ध हुनुपर्नेमा लक्ष्य र उदेश्यको ठोस किटान नहुदाँ सेबाग्राहीलाई दुख भएको बताउदै संस्थाले आम्दानी क्षमताका आधारमा ऋण लगानी गनुपर्ने बताए ।

May be an image of 3 people, people standing, people sitting and indoor

कार्यक्रममा सघर्ष समितिका केन्द्रिय सदस्य तथा जिल्ला सयोजक शिब परियारले वित्तिय साक्षरता विना अनौपचारिक क्षेत्रमा ऋण लगानी गर्दा विमा , व्याजदर बढी भई ऋणीलाई भार परेको बताए ।

May be an image of 7 people, people standing and people sitting

बास्तविक पिडामा लघुबित्त कर्मी छौ

लघुबित्त कर्मीले बुधबार भएको समन्वयातात्मक बैठकमा बास्तविक रुपमा आफुहरु पिडामा रहेको बताए।

May be an image of 4 people, people sitting and indoor

आपसी समझदारी अनुसार बैक तथा वित्तिय सस्थाको नियम अनुसार ऋणीलाई ऋण सामुहिक रुपमा लगानी गरेको बताउदै ,आफुले लगानी गरेको पैसा उठाउन जादा ऋणीले विभिन्न लान्छाना लगाउने गरेको बताउदै कतिपय अबस्थामा आफुहरु बिच सामुहिक छलफल भएको खण्डमा केही समय पर्खेको  भएता पनि समय अबधि सम्म पछि ऋणीले बास्था पास्था नगर्दा केही समस्या सिर्जना हुने गरेको बताउदै, सिर्जित समस्यालाई सामुहिक रुपमा छलफल गर्नुको साटो ऋणी बैठकमा नआउनु दुखद भएको बताए।

यसैगरी ऋणीले ऋण उत्पादनमुलक क्षेत्रमा भन्दा अन्य क्षेत्रमा लगानी गरेका कारण समस्या सिर्जना भएको जिकिर गरे ।

May be an image of 3 people, people sitting and indoor