

– राजेश श्रेष्ठ
कहाँ बाट सुरू गरम है सेताे कागजमा कालाे अक्षरले लेखि ।
आखिरिमा यस्तै रैछ जिन्दगी 12 कलास पढ्ने ए मेरा साथी ।।
साेधे छ भन्नु है त्याे सम्झनाकाे पल काेट्याउदै।
धेरै धेरै सपना सजाएका थिए तेति बेला खुसिले रमाउदै।।
साेधनु हुन्थ्यो साथी पढाउने हाम्रा कक्षा सरले।
के बन्छस् है भविस्यमा क देखि ज्ञ सम्म अध्ययनले ।।
फर्किन्थ्याे जवाफ उठि बसि जवाफ दिदै बेन्च ठटाउँदै ।
एकै साथ भन्थ्याैंं आर्मी ,डक्टर ,पाईलट उफ्रिएर कराउँदै ।।
पढ्नु पर्छ है ठुलाे मान्छे बन्नलालई,सपना थियाे साथीकाे जहाज उडाउनलाई।
देशकाे अबस्था देखेर उडायाे खाडी मुलुक तिरै ।।
विदायी थियाे है SLC परिक्षा दिनुभन्दा पहिले।
लेखिदियाे साथिले पित्थ्युमा ,भेताैला है साथि खाडी मुलुक तिरै ।।
उम्लिएकाे बरफ अग्निजस्ताे बालुवाकाे कर्ण ।
खाेज्नु पर्छ साथी भविष्य कुना कुना आत्मा निर्भर ।।





