

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुम्वासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । काठमाडौंको नयाँ बानेश्वरदेखि माईतिघरसम्म विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन

आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको जनाइएको छ । संविधान,र कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर शाहले गरिरहे प्रदर्शनकारीहरुले बताए । साथै, आफूहरुको माग सुनुवाई नभएमा कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ ।
तस्बिर – अर्थसंसार
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।






