४० करोड लागतको हाँडेकोट चिदिका बृहत लिफ्टिङ खानेपानी योजना शिलन्यास (तस्बिर सहित)

-केशव पन्थी ,छत्रदेब / अर्घाखाची डट्कम।

छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ हाँडेकोट चिदिका बृहत लिफ्टिङ खानेपानी योजनाको एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ। वर्षौं देखि हाँडे मुहानको खानेपानीको व्यग्र प्रतीक्षामा रहेका आम जनताहरुमा यो खानेपानी समयमै सम्पन्न हुनेमा विश्ववास रहेको छ।

No description available.

यदी योजना समय भित्रै नै सम्पन्न हुन सकेको खण्डमा यो योजनाबाट यस गाउँपालिका वडा नं. ४ साबिक १, २,३,५ वार्डका आम जनताहरुको प्यास मेटाउन यो योजना सार्थक हुने अपेक्षा गरिएको छ।

No description available.

संघिय  सरकारको ४० करोडको सहयोग तथा लागतमा सम्पन्न हुने यो योजनाको आज छ्त्रदेव गाउपालिकाको अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नु भएको छ।

No description available.

४० करोड लागतमा बन्न लागेको यो योजना संभवत अर्घाखाँची जिल्लाकै सर्वाधिक लागतमा तयार हुने योजना समेत रहेको कार्यपालिका सदस्य कमल पौडेल बताउनु भएको छ। साथै यो योजना समयमै सम्पन्न हुनेमा आम स्थानिय जनता र सरोकारवालाहरुको भनाइ छ।

images

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

images