डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त शिक्षक संकर प्रसाद घिमिरेको जन्मदिनको अवसरमा दुर्वाशेश्वर मावीका अति विपन्न विद्यार्थी नेपालीलाई शैक्षिक सामग्री वितरण ( तस्बिर सहित )

-डिआरजी सुमन
दुर्गाफाँट , मंगलवार १४ चैत्र , अर्घाखाँची । डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त ठुलापोखरा आधारभूत विद्यालयका शिक्षक संकर प्रसाद घिमिरेको जन्मदिनको अवसरमा दुर्वाशेश्वर मावीका अति विपन्न एक विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

May be an image of 5 people, people standing and text that says "अति विपन्न विद्यार्थीलाई शैक्षिक राहत (सामग्री रकम) वितरण तथा स्थलगत रिपो्टिंड कार्यक्रम आयोजक: व्यातर सौजत्य: डिल बहादूर वि.क. डिआरजी सुमन फैन्स क्लब, नेपाल"

पाणिनि गाँउ पालिका वडा नं ४ पटौटीमा अवस्थित ठुलापोखरा आधारभूत विद्यालयका शिक्षक तथा सामाजिक अभियान्ता संकर प्रसाद घिमिरेको ३०औँ वार्षिकोत्सवको अवसमा पाणिनि गाँउ पालिका वडा नं ३ वरका रुख़ स्थित दुर्वाशेश्वर माध्यमिक विद्यालयवाट डिआरजी सुमन फ़ैन्स कल्व नेपाललाई उपलब्ध सिफ़ारिश गरिएका चारजना विद्यार्थी मध्येवाट अति विपन्न मनोज मनोज नेपालीलाइ काँपी ,पेन र व्याग उपलब्ध गराएर शिक्षक संकर घिमिरेको जन्मदिन मनाईएको छ ।

May be an image of 4 people, people sitting and people standing

पाणिनि पालिका वडा नं ३ स्थित दुर्वाशेस्वर माध्यमिक विद्यालय परिसमा सम्पन्न हस्तान्तरण कार्यक्रममा डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का महासचिव नेत्र वहादुर नेपाली,विद्यालयका प्रधानाध्यापक विक्रम सुनार,विद्यार्थी मनोज नेपाली,शिक्षक संकर प्रसाद घिमिरे र स्वतन्त्र पत्रकार डिआरजी सुमनको उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people sitting and people standing

अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा प्रधानाध्यापक सुनारले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

May be an image of 4 people and people standing

जन्मदिन मनाउने नाममा महंगो होटलमा केक काटेर फजुल खर्च गरी रमाउनु भन्दा यसरी विपन्न तथा अनाथ को लागी केही सहयोग गर्न सकेमा प्रभावकारी हुने भएकोले आफुले यसरी जन्मदिन मनाएको शिक्षक संकर घिमिरेले वताउनु भएको छ ।

images

May be an image of 4 people, people standing and people sitting

हामी धेरै सकौला नसकौला तर आफ्नो जन्मदिन वनाउदा कम्तिमा दिनको पाँच रुपैया वरावर वचत गरी विपन्न सामु पुर्याउन आफु तयार भएको र सोही मिशनमा कल्व लागेको डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का महासचिव नेत्र वहादुर नेपालीले वताउनु भएको छ ।

images

May be an image of 4 people and people sitting

जहाँ विपत्ति छ त्यही रिपोर्टिंग र राहतकर्मी सहित पुग्ने स्वतन्त्र पत्रकार डिआरजी सुमनको क्रियाकलापवाट प्रत्यक्ष रुपमा प्रभावित भएर आफुहरु यस कल्वमा आवद्धता जनाएको वताउदै हरेक नागरिकले यसरी नै सेवाभावमा जोड़िएर सामाजिक कार्य गर्न महासचिव नेत्र नेपालीले आग्रह गर्नु भएको छ ।

images

थप तस्बिर – डिआरजी सुमन,दुर्गाफाँट अर्घाखाँची ।

May be an image of 3 people, people standing, people sitting and table

May be an image of 3 people, people standing and people sitting

Nepal life insurance

May be an image of 3 people, people standing, people sitting and motorcycle

 

अन्य समाचारहरु