

-माधब भुसाल (साने)
डिभी भरेको दिनदेखि मन उतै अमेरिका तिर बसाईसरेको छ।
भाबनाहरु केहिथान सपना,मिठा यादहरु अनि पासपोर्ट बोकेर हिड्ने जमर्कोमा छ्न ।
लाग्छ कतै कुनै कागजमा अल्जिबसेको छ मेरो जिन्दगि
आशले जिन्दगी मतिरै तानिरहेछ मतिर नै बेसरि
मनबेपर्बाहा कतै उडिरहेको छ सफलता खोज्न
म स्थिर शान्त छु कतै भबिस्य सम्झिएरएउटा सानो कुपन सम्म त नपरेको मलाई DV को आशले मन उथलपुथल भयको छ।
यो एकोहोरो प्रेम र डिभी उस्तै उस्तै रहेछ्न दुबै हुदैन पर्दैन भन्दा भन्दौ पनि उतिकै माया लाग्ने
सोचिरहेछु यदि डिभी पर्यो भने हैसियत सोधेर
प्रेममा टाडिएका पनि सम्बन्ध जोडनु आउला है।
आज म मेरो मन र मेरा मनका भाबनाहरु अल्गिएका छौ आफ्नै आफ्नै आशका बाटोहरुमा।
आशै आशमा चल्दै छ जिबन प्रगतिको कुनै गोरेटो भेटिएको छैन।
लक्ष्य जारी छ सधै कतै सिमाना भेटिएको छैन।
फेरिने छ घरको चुहिने छानो आमाको चोलि एकलै हिडेको छु जिन्दगीमा साथमा कोहि छैन ।
अब धेरै लाग्दैन भाग्य बदल्न डिभी को नतिजा हातमा परेको मात्र छैन ।
होला मनको कुरा पक्कै पुरा सुपादेउराली साचेको छु।
जिन्दगी आशनै त रहेछ खासमा म पनि त कसैको प्रेम फर्कने आशमा बाचेको छु💗
लेखक :माधब भुसाल (साने)





