एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । नेकपा एमालेले सोमबारबाट लागू हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।