फिल्म जारीको क्लिप टिकटकमा छ्यापछ्याप्ती निर्माताले दिए प्रहरीमा उजुरी

Happy Nepali New Year 2080

काठमाडौँ : हलमा अनधिकृत रूपमा खिचिएको लामा दृश्य सामाजिक सञ्जालमा राख्नेक्रम बढेपछि फिल्म ‘जारी’का निर्माताले साइबर ब्यूरोमा उजुरी दिएका छन्।

अनधिकृत दृश्य राख्दा फिल्मलाई आर्थिक क्षति भएको भन्दै निर्माता मणिराम पोखरेलले आइतबार ३२ सामाजिक सञ्जालका प्रयोगकर्तामाथि कारबाहीको माग गर्दै ब्यूरोमा उजुरी दिएका हुन्।  उजुरीमा फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका प्रयोगकर्ताको विवरण समेत राखिएको छ।

फिल्म जारीको क्लिप टिकटकमा छ्यापछ्याप्ती, निर्माताले दिए प्रहरीमा उजुरी

हलमा अनधिकृत रूपमा फिल्मका साना दृश्य मात्र हैन लामा दृश्य समेत खिचेर सामाजिक सञ्जालमा राख्नेक्रम बढेको छ।
यस अगाडि छक्कापन्जा-४, कबड्डी-४, फूलबारी, बहाव लगायतका फिल्मका लामा दृश्य टिकटकमा सार्वजनिक भएका थिए।

छक्कापन्जा टिम पनि प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि टिकटकमा रहेका क्लिपहरू हटाइएको थियो। -उकेरा ।