उहि पुरानो प्रेमको चौपारिमा उहि पुरानो अनुहारलाई पर्खि बसेको छु (केही थान यादहरु बोकेर)

No description available.   -माधब भुसाल (साने)

कतै हिउँ पग्लेको छ कतै खडेरि परेको छ
बाहिर मस्त देखिने यो मनमा छुरा गढेको छ

प्रेम बाचिराखेको छ याद साचिराखेको छु
पुगिदैन गन्तव्यमा थाहा छ तैपनि यात्रामा दिन काटिरहेको छु ।।

आजकाल आउदैनेउ तिमि त्यो प्रेमको चौतारोमा
तर पनि भाबनाहरु आफैमा साटिरहेछु

अझै पनि कोहि फर्किने आशमा जिबन काटिरहेछु ।

बिना समुन्द्र यो मनमा बहाब आएको छ
बिना खडेरि यो मन उजाड भाको छ
बिना आगोको यो मन जलिराको छ

मनको सिमाना मिचिएको छ मनको बाध फुटेको छ।
कसैको हात छुटेदेखि जिन्दगी देखि बिस्मात उठेको छ ।

आज म आफैंबाट हराएको छु कतै
आफनै मुटुको वास अन्तै साराएको छु कतै
एकान्तलाई आफ्नो साथि बनाएको छु मैले ।
छैन कसैसंग प्रेम उहि पुरानि तस्बिरलाई मन पराएको छु मैले
तेतै कतै तिम्रै मुटुतिर डेरा सराएको छु मैले ।

तिमि आउने चौपारि फर्कि बसेको छु
तिमीलाई नै पर्खि बसेको छु