सुपा देउरालीमा नन्दी बसाहा र सिंहको मुर्ति प्रतिस्थापन

अर्घाखाँची डटकम
अर्घाखाँची १० बैशाख । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नन्दी बसाहा तथा मन्दिरको मुल गेटमा सिंहको मुर्ती प्रतिस्थापन गरिएको छ ।
सुपा देउराली मन्दिर ब्याबस्थापन समितिले छिमेकी रास्ट्र भारतको मुरदाबदबाट एक लाख ६८ हजार रुपैयामा खरिद गरि ल्याएको नन्दी बसाहा र सिंहको मुर्ती आज अक्षय तृतीयाको शुभ मुहुर्त पारि वैदिक विधि पुर्बक पुजाआजा गरि प्रतिस्थापन गरिएको मन्दिर ब्यबस्थापन समितिका सचिव हरि खनालले बताए ।

मुर्ति प्रतिस्थापन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख मिश्रा आचार्य , सितगङा नगरपालिकाका नगर उपप्रमुख गिता भाट क्षेत्री ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल ,वडा न.७ का वडा अध्यक्ष चुरा बहादुर केसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशाेक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, गणेश खनाल मन्दिर ब्याबस्थापन समितीका अध्यक्ष फर्स बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ्ग, प्युठान, गुल्मी ,रुपन्देहीबाट बढि मात्रामा पर्यटक आउने गर्छन । भारतको उत्तर प्रदेस, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरका छन् ।