

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा अलआउट भएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।

रोकिएको स्थितीबाट मंगलबार युएईले ११ रन थप्दै १ सय १७ रन बनायो । नेपालका ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।







