

संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रङ हम्मरेमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । करीव साढे १ बजेतिर हेलिकप्टर दुर्घटना भएको जानकारी संखुवासभाका प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारले दिए । अपर अरुण जलविद्युत आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको उनले जानकारी दिए । दुर्घटना भएको क्षेत्रमा प्रहरीको टोली पठाइसकिएको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीकाे टाेली घटनास्थलतर्फ जाँदै छ । -इकागज






