पलमाथि बलात्कारको आरोप लगाउने गायिकाले भनिन्’ म गलत छैन, माया लागेर बयान बदलेँ’

1

काठमाडौँ – बलात्कार आरोपमा एक वर्षको जेल बसाइपछि तल्लो अदालतबाट सफाइ पाएसँगै अभिनेता पल शाह कारागार मुक्त भए।

दुई अदालतमध्ये एउटाबाट सबै अभियोगमा सफाइ पाए। अर्कोबाट बलात्कार नभइ बाल यौन दुरुपयोगमा सजाय तोकियो। त्यो पनि उच्चबाट बदलियो। र रिहा भए।

Pal Shah Sent To 2.5 Years In Prison | New Spotlight Magazine

पल मनोरञ्जन क्षेत्रमा पुन सक्रिय हुने तयारीमा छन्। यही बेला पलमाथि बलात्कारको आरोप लगाउने गायीका मिडियामा आएकी छिन्।

एपीवानको द प्रकाश सुवेदी शो मा आएकी उनले प्रस्टै पलमाथि बलात्कारको अभियोग लगाउनुमा आफू गलत नभएको तर माया लागेर आफू गलत बनेर पनि जेल बाहिर आउन सघाएको बताइन्।

1

अर्थात् घटना भएको हो तर जेल सजाय नै हुने भएपछि कारागारबाट बाहिर निकाल्न जानाजान झुटो बयान दिएको स्विकारिन् उनले।

‘जे भए पनि माया गरेको मान्छे हो, उहाँको माया लाग्यो। म गलत छैन’ उनले कार्यक्रममा पटक पटक भनिन्।

आफू सत्य हुँदा हुँदै पनि बयान बदल्नु बाहेक अर्को विकल्प नभएको उनको तर्क थियो। उनले सार्वजनिक गरेको अभिव्यक्तिले पीडितलाई प्रभावमा पारेर बयान बदल्न लगाएको प्रस्ट भएको छ।

1

उनले पलको टिमबाट आफ्नो हत्या गर्नेसम्मको योजना बनाएको गम्भीर आरोप समेत लगाइन्। ज्यान जोगाउन जाहेरी दिनु परेको भन्दै उनले जाहेरी र बदलिएको बयानबारे भनिन्’म गलत हुनु बाहेक अन्य कुनै अप्सन थिएन। यथार्थ के हो उहाँलाई थाहा छ।

म गलत भएर त निकाल्न सम्भव भयो। अन्य कुनै अप्सन थिएन।’ उनले पटक-पटक भनिन् ‘जे भए पनि माया गरेको मान्छे हो।’

आफू सही हुँदाहुँदै पनि त्यो यस्तो त्यस्तो केटी भनेको सुन्दा नरमाइलो लाग्ने गरेको भन्दै दुखी देखिइन् उनी। बाहिर जे  भने पनि आफ्नै मनलाई ढाँट्न नसकिने भन्दै त्यसबारे पल शाहलाई सोध्न समेत भनिन्।

आफूलाई गाली गर्नेहरूलाई उनले भनिन्’ पर्दामा देखिएको सबै सत्य हुन्न। जे भएको हो मलाई थाहा छ। म गलत छैन।’ जिल्ला र उच्चको फैसलाको पुनरावेदन भने बाँकी नै छ।

images