क्रिकेट विश्वकप छनोट: नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा, नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने

11

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ ।

आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् ।

Nepal Telecocme

समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

1

छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।

1