आज आईपीएल फाइनल : गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदै , के वर्षाले प्रभावित बनाउँदै छ आईपीएल फाइनल ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल आइतबार (आज) साँझ ७ः४५ मा सुरु हुँदैछ। फाइनलमा साविक च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुँदैछ।

1

यद्यपि अहिले अहमदाबाद आसपास क्षेत्रमा वर्षा भइरहेको छ। मौसम विभागले दुई दिनको वर्षाको एलर्ट जारी गरेको छ। यस्तोमा अहमदाबादमा पनि वर्षा सुरु हुने आशंका गरिएको छ।

dhoni: IPL 2023 Final Preview: Departing Dhoni faces red-hot Gill in IPL  final - The Economic Times

आईपीएल कमिटीले फाइनलका लागि कुनै रिजर्भ डे राखेको छैन। यस्तोमा आईपीएलका अध्यक्ष अरुण धुमलले आईपीएल फाइनलका लागि रिजर्भ डे नराखिएको बताए। यद्यपि, उनले अन्तिम समयसम्म पनि खेल हुने आशा कायम राख्ने बताए। उनल जरुरी भएमा सुपरओभरबाट भए पनि नतिजा निकाल्ने बताए। यदि त्यो अवस्था पनि सिर्जना हुन नसके अन्तिम समयमा अवस्थाअनुसार निर्णय गर्न सकिने बताए।

Frooti

पछिल्लो सिजनमा लखनउ र गुजरात दुई नयाँ टीम आईपीएलमा जोडिएका थिए। दुबै टिम यो पटक पनि प्लेअफमा पुग्दा गुजरात लगातार दोस्रो पटक फाइनलमा पुग्न सफल भयो। अघिल्लो सिजन उपाधि जितेर सनसनीपूर्ण प्रदर्शन गरेको गुजरात यो पटक पनि टिम लगभग पुरानै खेलाडीहरुको बलमा उपाधिका लागि मैदानमा उत्रिँदै छ।

1

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातलाई उपाधि रक्षा गर्ने चुनौती रहँदा उसले जारी सिजनमा लिग र प्लेअफ गरेर कुल १६ खेल जितेको छ। जसमा ११ मा जित निकाल्न सफल भयो।

चेन्नईविरुद्ध गुजरातले ४ विदेशी खेलाडीलाई मौका दिन सक्ने छ। उसका लागि डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटिल रहँदा मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडीहरु उत्कृष्ट फर्ममा रहेका छन्। तीन शतकसहित ८५१ रन बनाएको गिल चेन्नईका लागि सर्वधिक ठूलो चुनौती हुन्। त्यस्तै, मोहम्मद सामी २८ र राशिद खान २७ विकेट रहँदा मोहित शर्माले २४ विकेट हात पारेका छन्। त्यसैले सन्तुलित टिमलाई रोक्नु चेन्नईलाई सहज भने हुनेछैन।

IPL Final 2023 CSK vs GT Match Live: Gujarat Titans to face Chennai Super  Kings for final IPL encounter today | Mint

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स आईपीएलमा सफलमध्येको एक टिम हो। उसले मुम्बईले पाँच उपाधिपछि सर्वाधिक धेरै ४ उपाधि जितेको छ। १४ मध्ये १२ सिजनमा टिम प्लेअफमा पुगेको छ। यो उसको १० औँ फाइनल हो।

1

चेन्नईले यो सिजनमा अहिलेसम्म भएका १५ खेलमध्ये ९ मा जित र पाँच खेलमा हार भोगेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो। टिममा ४ विदेशी खेलाडी प्लेयर्स डेवोन कन्वे, मोइन अली, महीश तीक्षणा र मथीश पथिराना मुख्य आकर्षकका रुपमा रहने छन्।

चेन्नईका लागि यो सिजन कन्वेले ६ सय २५ रन बनाउँदा ऋतुराज गायकवाडले ५६४ रन बनाउँदा अजिंक्य रहाणेले १३ खेलमा २ सय ९९ रन बनाएका छन्। जबकि शिवम् दुबेले ३ सय ८६ रन बनाए। त्यस्तै, आईपीएलमा दुबेले ३३ छक्का प्रहार गर्दा बलिङमा पथिरानाले १७ तथा देशपाण्डेले २१ विकेट लिएका छन्।

यी दुई टिम अहिलेसम्म ४ खेल खेलिसकेका छन्। जसमा तीन पटक गुजरात र एकपटक चेन्नईले जित निकालेको छ।

Nepal Telecocme