आईपीएल : वर्षा बाधक भएपछी रोकिएको फाइनल खेल आज साँझ ७:४५ बजे

काठमाडौं ।  वर्षाको कारण इन्डियन प्रिमियर लिग(आइपीएल) को फाइनल खेल प्रभावित बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा  आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको छ । अब गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भिडन्त आज सोमबार ‘रिजर्भ डे’ मा हुने भएको छ ।

गुजरात र चेन्नईबीचको फाइनल खेल सोमबार साँझ ७:४५ बजे सुरु हुनेछ ।

साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौ पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।

1

घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।

1

चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।

समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो । 

Nepal Telecocme