शितगंगा : वार्षिक समिक्षा तथा आगामी बजेटको निति कार्यक्रम , रायसुझाव संकलन कार्यक्रम सम्पन्न

-विक्रम आचार्य  

शितगंगा अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आज एक कार्यक्रमका विच तेस्रो चौमासिक सार्वजनिक सुनाई तथा आ.व. २०७९ /०८० को हाल सम्मको समिक्षा तथा आगामी आ.व. को बजेट निति तथा कार्यक्रम निर्माणको लागि राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

1

नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख गिता भाट, पूर्व नगर प्रमुख सूर्य प्रसाद , पूर्व उपप्रमुख टिका रेश्मी , प्रसासकीय अधिकृत झविन्द्र खनाल , १४ वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , नेकपा एमालेवाट कासि आचार्य , ओपि पाण्डे , नेपाली काङ्ग्रेसवाट विष्णु बेल्वासे , नेकपा आओवादी केन्द्र वाट मणि अधिकारी , राप्रपावाट देविराम गैरे , नेकपा एकिकृत समाजवादी बाट पिताम्बर सारु , नेकपा मालेवाट केदार वेल्वासे , राष्ट्रिय जनमोर्चा नेपाल बाट गोविन्द थापा , शिक्षक संघ , संङ्गठन , प्याब्सन  , वैङ्क, महिला संजाल ,नागरिक समाज , सुरक्षाकर्मि , पत्रकारको उपस्थिति रहेको थियो ।

1

व्यानर वाचन गरेर नगर प्रमुख पौडेलबाट उद्घाटन भएको थियो । प्रमुख प्रसासकिय अधिकृत झविन्द्र खनालले स्वागत मन्त्व्य राख्दै गत वर्षको आय ब्यय तथा प्रगति विवरण पेस गर्नु भएको थियो ।साथै आगामी कार्ययोजनाको वारेमा जानाकारी गराउनु भएको थियो ।

कार्यक्रममा फ्लोर ओपन गरिएको थियो । जसमा सहभागि वाट शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि र रोजगारीलाई केन्द्रमा राखेर बजेट बनाउन सुझाव दिएका थिए ।कम उपलब्धी मुलक कार्यमा रकम खर्च नगर्न पनि अधिकांशले सुझाव दिएका थिए ।

राजनितिक दलबाट राय सुझाव मुलक मन्तव्य राखियको थियो। मन्तव्य राख्ने अधिकांश वक्क्ताले शिक्षा , स्वास्थ्य , खानेपानी , रोजगार ,कृषि र बाटो कालेपत्रे लाई केन्द्रमा राखेर बजेट बनाउन सुझाव राखेका थिए ।

सबै पक्षवाट आएका सुझावलाई आत्म साथ गर्दै आगामी बजेट बनाउदै अगाडी वढ्ने र सम्वृद्ध शितगंगा बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको नगर प्रमुख छविलाल पौडेलले बताउनु भयो । कार्यक्रम योजना प्रमुख नुमलाल खनालको सन्चालनमा सम्पन्न भएर्को थियो । –सुचना प्रभाव 

images

अन्य समाचारहरु