

नेपाल भारतबीच ७ वटा सम्झौता भएको छ। भारत भ्रमरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ सम्झौता भएको हो।सम्झौतामा ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ। त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुस गोयबीच सम्झौता आदान प्रदान भएको हो।

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगंज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ।

यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन्। अर्को सम्झौता सुस्मा स्वराज इस्च्यूट फरेन सर्भिस रहेको छ। त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ।


दोधारा चाँदनी आईसीसीको बारेमा समेत सम्झौता भएको छ। त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतका राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन्।
यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना लगानी सम्झौता भएको छ। यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ।यसैगरी क्रस बोर्डर पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको हो।
यी हुन् ७ वटा सम्झौता भएका विषयहरुः
१. ट्रान्जिट ट्रिटीमा पुनारावालोकनसहित समझदारी
२. शिलगुढी–झापा र अमेलेगञ्ज–झापा पेट्रोलियम पाइपलाइन विस्तार सम्झौता
३. इन्स्टिच्यूट अफ फरेन अफेर्यस अफ नेपाल र सुस्मा स्वराज इन्स्टिच्यूट अफ फरेन अफेर्यस इन्डियाबीच समझदारी
४. दोधरा–चांदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निमार्णको समझदारी
५. तल्लो अरुण निर्माण समझदारी
६. फुकोट–कर्णाली विद्युत् आयोजना विकास तथा निर्माण समझदारी
७. क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी






