नयाँ नागरिकता ऐन जारी : नयाँ ऐनअनुसार नागरिकता वितरण गर्न ७७ वटै जिल्लामा परिपत्र

तस्बिर – सांकेतिक ।

काठमाडौं । सरकारले नयाँ नागरिकता ऐन जारी गरेर राजपत्रमा सूचना प्रकाशित गरेलगत्तै नागरिकता वितरण गर्ने भएको छ । नागरिकता ऐन र नियमावली अनुसारनै आइतबारबाट सबै जिल्ला प्रशासनबाट नागरिकता जारी हुने गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान नागरिकता ऐन (पहिलो संशोधन–२०७९) जारी भएपछि गृह मन्त्रालयले अघिल्लो चालु नियमावली अनुसार नै नागरिकता वितरण हुने भएको हो । ‘आइतबारबाट नै सबै जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण हुनेछ’, मन्त्रालयका प्रवक्ता बस्न्यातले भने ।

1

उनका अनुसार गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले तत्कालै प्रक्रिया पुर्याएर राजपत्रमा सूचना प्रकाशित गरेको थियो । बुधबारकै मिति राखेर राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।

राजपत्रमा प्रकाशित गरेलगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण शुरू गर्न परिपत्र पठाएको हो ।

सहसचिव बस्न्यातका अनुसार नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाकी प्रमुख रुद्रदेवी शर्माले परिपत्र गरिसकेकी छिन् । उनले जारी गरेको परिपत्रमा नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली २०७८ अनुसार वितरण गर्न भनिएको छ ।

1

images

उनका अनुसार गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् ।

नयाँ कानूनअनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन् ।

images

अन्तरिम संविधान २०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरेको थियो ।

images

सोही अनुसार बुधबार प्रमाणीकरण भएको नागरिकता विधेयकले नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट आइतबारदेखि नागरिकता लिन सक्नेछन् ।

२०७२ को नयाँ संविधानले जन्मका आधारमा नागरिकता दिने व्यवस्था खारेज गर्यो । तर संविधान जारी हुनुअगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई संघीय ऐन बमोजिम वंशजको आधारमा नागरिकता दिने व्यवस्था संविधानमै राखियो ।

तर संविधान जारी भएको ७ वर्षसम्म नागरिकतासम्बन्धी कानून संशोधन भएन । यही कारण जन्मका आधारमा नागरिकता लिएका नेपालीका सन्तान करिब ५ लाखले नागरिकता पाउन नसकेको अनौपचारिक तथ्यांक रहेको अवस्थामा यो ऐन जारी भएको थियो ।

Nepal life insurance

२०७२ साल असोज ३ गतेअघि (नेपालको संविधान जारी हुनुपूर्व) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

1

साथै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुबाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिइनेछ ।

त्यसैगरी नेपालभित्र फेला परेका तर आमा र बुबा दुवैको ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु वा आमा पत्ता लागेमा उसले प्राप्त गरेको नागरिकताको सम्बन्धमा वंशजको आधारमा नागरिकता प्राप्त हुने भएमा विवरण अध्यावधिक गरी नागरिकता कायम गर्ने, अंगीकृत नागरिकता कायम हुने भएमा वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिचिने छ ।

नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउने छन् ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् ।

वंशजको आधारमा नागरिकता लिएका व्यक्तिको बुवा विदेशी नागरिक भएको पुष्टि भएमा त्यस्ता व्यक्तिको वंशजको नागरिकता फिर्ता लिइनेछ । त्यसपछि ती व्यक्तिलाई अंगीकृत नागरिकता दिइने छ ।

बुवा विदेशी नागरिक तर बुवाको देशबाट नागरिकता नलिएको खण्डमा भने आमाको नामबाट अंगीकृत नागरिकता लिन सकिने व्यवस्था छ ।

images

अन्य समाचारहरु