सम्मानको फरक शैली : छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखराले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखराले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको छ ।

May be an image of 6 people

वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको हो । वडा भित्रका ७५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका २८ जना ज्येष्ठ नागरिकलाई सकुशल तीर्थ यात्रा गराएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

सामान्यतया आफ्नै खुट्टाले केही समयको पैदल यात्रा पनि हिंडेर पार गर्न सक्ने र आफ्नो सामान्य दैनिकी आफै निर्वाह गर्न सक्ने ज्येष्ठ नागरिकहरुलाई तीर्थ यात्रापछि सकुशल निवासमै ल्याई छोडिएको छ ।

May be an image of 5 people, people smiling and temple

वडाध्यक्ष पौडेलले तीर्थ यात्रामा सहयोग गर्ने ज्येष्ठ नागरिक आमाबुबा, स्वास्थ्यकर्मी, वडाका निर्वाचित जनप्रतिनिधि र सहयोगका निम्ति खटिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

images

 

 

 

अन्य समाचारहरु