भुमिकास्थान : कृषिमा आत्मनिर्भर पालिका बनाउने योजनामा हातेमालो गर्न मेयर थापाको अपिल ।

No photo description available.   – गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची डटकम।

अर्घाखाँचीको भुमिकास्थान नगरप्रमुख झविलाल थापाले कृषिमा आत्मनिर्भर पालिका बनाउने योजना सुनाउँदै हातेमालो गर्न नागरिकलाई अपिल गर्नुभएको छ । बढ्दो बसाइसराइ र बेरोजगारीको संकटलाई रोक्दै आर्थिक समृद्धि हाँसिल गर्न पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफुहरु जुटेको उहाँको भनाई छ । कृषि र पर्यटन नै भुमिकास्थान समृद्धिको आधार भएकोले यसको व्यवसायिक विकासमा जुट्न नागरिकलाई नगरप्रमुख थापाले अपिल गर्नुभएको हो । व्यवसायिक बाख्रा पालक किसानलाई जमुनापारी क्रसजातको बिउ बोका हस्तान्तरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

May be an image of 6 people and animal1

नगरपालिकाको पशुसेवाशाखाबाट विनियोजित योजनाबाट बाख्राको नश्ल सुधार गरि व्यवसायिक बाख्रा बिस्तारको उदेश्यले जमुनापारी क्रसजातको बिउबोका बितरण गरिएको पशुसेवाशाखा प्रमुख यमुना थापाले बताउनुभएको छ । नगरपालिकाका १० वटै वार्डमा रहेका बिभिन्न कृषि समुहको सिफारिसमा छनोट भएका १८ जना बाख्रापालक किसानलाई एक–एक वटा बिउ बोका नगरपाकिलाले निशुल्क रुपमा प्रदान गरेको पशुप्राविधिक बलराम खनालको भनाई छ ।

बितरणमुखी बजेटको निरुत्साहित गर्न आवधिक योजना तय गरेको भुमिकास्थानले अबदेखि वैज्ञानिक तथा दिगो योजनामुखि बजेटको व्यवस्थापन गर्ने नगरप्रमुख थापाको उद्घोष छ । कार्यक्रममा पशुसेवा शाखा प्रमुख यमुना थापा,पशुप्राविधिक बलराम खनाल र प्राविधिक भुपाल पुनले सहजीकरण गर्नुभएको थियो ।

थप तस्विर : 

1

May be an image of 9 peopleMay be an image of 7 people and animalMay be an image of 6 people and animalMay be an image of 9 people

images1

अन्य समाचारहरु