

कालीकाेट – कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उहाँकी श्रीमती मैना शाहीको ज्यान गएको हो।


दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि रास्काेट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको हो। -उज्यालो







