शेर बहादुर देउवाको निर्देशन : गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्याे, एकतावद्ध बनौं

 

भक्तपुर । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताएका हुन् ।

आज (शनिबार) कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताएका छन् । सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

‘अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरू उठेका छन् साथीहरू । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ ।

1

त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरूमा सहमति हुन जरुरी छ,’ उनले थपे, ‘यदि सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊँ ।’

spot_imgimages