


जीपमा तीन जना सवार रहेकोमा तीनै जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरुमा जीपका चालक शुभकालीका वडा नम्बर २ का ३० वर्षीय हर्क विश्वकर्मा, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले वडा नम्बर ३ का २५ वर्षीय गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।








