अर्घाखाँची : किर्लुकमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्‍यु ,दुई घाइते

-अर्घाखाँची डटकम

सन्धिखर्क खिल्जी सडक खन्ड किर्लुकमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्‍यु भएको छ् । सत्यवती निर्माण सेवाको रा १ त ४२९५ नम्बरको  ट्र्याक्टर् सडकमा पल्टिदा थप् दुई जना घाइते भएका छन । घाइतेलाई उपचारको लागि सन्धिखर्क पठाइएको भूमिकास्थान ६ का वार्ड अधक्ष्य जय गोपाल श्रेष्ठले बताए । खिल्जिमा सडक पिचको कार्य भईरहेको छ् । उक्त ट्र्याक्टर सोही स्थानमा  काम गरिरहेको थियो । मृत्‍यु हुनेमा प्युठान जिला एरावतिका २७ बर्षिय कमल सोमै मगर र घाइते अर्घाखाँची शितगङ्गा दमारबेसिका कृष्ण आचार्य र प्युठान एरावतिका माधव खत्री रहेको प्रहरिले जनाएको छ् । त्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको पनि प्रहरिले जनाएको छ् ।

1spot_img

 

अन्य समाचारहरु