क्वालालम्पुरमा दोस्रो सिल्भर अन्तर्राष्ट्रिय संगीत सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ( तस्बिर सहित )

अर्घाखाँची डटकम

३१ जेष्ठ २०८०, सोमबार काठमाडौं । प्रियसी म्युजिक प्रा.लि.को आयोजनामा आइतवार मलेसियाको क्वालालाम्पुरमा दोस्रो सिल्भर अन्तरास्ट्रिय संगीत सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
No description available.
कार्यक्रममका लागि नेपालबाट अभिनेता पल शाह, मोडल केशव भुसाल, गायक एस कुमार, चलचित्र निर्माता तथा गायक बिक्रम जंग शाह, मध्यपुर ठिमी नगरपालिका पुर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरीलगायत थाइल्याण्ड सिंगापुर हुदै मलेसिया गएका थिए ।
No description available.
1
पुरीको सभापतित्व एबं मलेशियाका लागि नेपाली राजदूत डिल्ली राज पौडेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा बिशेष अतिथिका रुपमा मध्यपुर थिमी नगरपालिका निबर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र एनआरएन मलेशियाका अध्यक्ष बिनोद थापा रहेका थिए । साथै लाइभ टाइम एचिभमेन्ट अवार्ड लोकगायक नवराज घोरासैनीलाई प्रदान गरिएको थियो ।
No description available.
मनोरञ्जन पत्रकारिता तर्फ थानेस्वर अधिकारी सम्मानित हुँदा कला सम्मान बाट मोडेल अमन श्रेष्ठलाई सम्मान गरिएको थियो । मलेशियाका स्थानीय गायिका लिम सिस्टर सहित गायक घमेश दुलाल, नबराज घोरासैनी, लक्ष्मण श्री, पल्मु शेर्पा, निमा पाख्रीन लामा, आशा लामा लगायतले प्रस्तुति दिएका थिए ।
No description available.
1
कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएन मलेसियाका थापा ले ५१ हजार नेपाली रुपैया सयोग गरेका थिए ।
No description available.
अवार्डको मुख्य निर्णायकका रुपमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष एबं चलचित्र निर्माता बिक्रमजंग शाह रहेका थिए । कार्यक्रम नेपालमा रहेर गीत संगीत ,पत्रकारिता र सामाजिक रुपान्तरणका क्षेत्रमा सहयोग पुर्याउनेहरुलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो ।
No description available.
कार्यक्रमको मिडिया पार्टनर देशान्तर मिडिया र उद्धार खवर अनलाईन रहेका थिए ।
अवार्ड बिजेताहरु पल शाह – सर्बोत्कृष्ट आधुनिक मोडल पुरुष
घमेश दुलाल – सर्बोत्कृष्ट लोक दोहोरी गायक
यसकुमार -सर्बोत्कृष्ट आधुनिक गायक
आशा लामा – सर्बोत्कृष्ट लोक दोहोरी गायिका
सन्ध्या सानू -सर्बोत्कृष्ट लोक दोहोरी मोडेल महिला
पल्मु शेर्पा – सर्बोत्कृष्ट सेलो गायिका
निमा पाख्रीन लामा – सर्बोत्कृष्ट सेलो
गायक लक्ष्मी कुमार महर्जन -सर्बोत्कृष्ट मोडेल नेपाली भासा
बिश्वास बज्राचार्य – सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपाल भाषा
जीवन परियार -सर्बोत्कृष्ट लोक दोहोरी गायक
लक्ष्मण श्री- सर्बोत्कृष्ट सर्बोत्कृष्ट लोक आधुनिक गायक
राजेश बर्देवा – सर्बोत्कृष्ट लोक पप गायक
केशब भुसाल – सर्बोत्कृष्ट लोक दोहोरी नब मोडल
गणेश राज भन्डारी – सर्बोत्कृष्ट आधुनिक नब मोडेल
भोज कुमार श्रेष्ठ – सर्बोत्कृष्ट टेलि चलचित्र कलाकार
दावा लामा – सर्बोत्कृष्ट प्रोडुसर
कुमार खड्का- सर्बोत्कृष्ट समाजसेवि
सुदिप भट्टराई – सर्बोत्कृष्ट आधुनिक गीतकार
दोर बहादुर कटुवाल – सर्बोत्कृष्ट म्युजिक भिडियो छायाकार
नवीन परियार – लोक दोहोरी नब गायक

spot_imgimages