पाणिनी गाउपालिकाले केवेरछेडा जिप दुर्घटना पीडितलाई राहत दिने

अर्घाखाँची डटकम

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाले गाडी दुर्घटनामा परि घाईते भएका, मृतक भएका र अस्पतालमा उपचाररतका घाईतेलाई राहत स्वरूप सहयाेग गर्ने भएको छ ।

पाणिनि गाउँपालिकाकाे कार्यालय कार्यपालिका बैठकले गरेकाे निर्णयअनुसार मृतक ५ जनालाई ३० हजारका दरले १ लाख ५० हजार, अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई १० हजारका दरले ४० हजार, अस्पतालमा घाईते भई उपचाररत ६ जनालाई ४० हजारका दरले २ लाख ४० हजार गरि जम्मा ३ लाख ३० हजार सहयाेग गर्ने निर्णय गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।

सालझण्डीबाट अर्घाखाँचीकाे पणेना आउँदै गरेकाे डवल क्याप जिप जेठ २१ गते पाल्पाकाे सत्यवती क्युरेछेडामा दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु भएको हाे, जसमा ६ जना उपचाररत छन् ।

spot_img images

अन्य समाचारहरु