जिम्बावे विरुद्ध आसिफको अर्धशतक ओपनिङमा किर्तिमानी साझेदारी

1

अर्घाखाँची डटकम

आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका नेपालका आसिफ शेखले जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले ११५ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् ।

उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।

1