शितगंगा नगरपालिकालाई विपद व्यवस्थापन र सुरक्षित गर्भपतन गराउन आइपासको सहयोगमा सामाग्री वितरण (तस्बिर सहित)

1

-सागर महत , अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपतन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

आइतबार समाजसेवा तथा बाताबरण संस्कृति संरक्षण समूह अर्घाखाँचीको आयोजना र आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका १४ वडामा बाढी

पहिरो, आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बचाउनको लागि लाइफ ज्याकेट,हेल्मेट,स्टेचर,गमबुट लगायकात सामाग्रीहरू नगरप्रमुख छविलाल पौडे्ल र उपप्रमुख गिता भाट मार्फत वडा अध्यक्षलाई वितरण गरिएको संस्थाका संरक्षक बाबुराम पौडे्लले बताउनुभयो।

सुरक्षित गर्भपतन गराउने स्वास्थ्य सामग्री ६ वटा वडाका स्वास्थ्य चौंकीलाई वितरण गरिएको संस्थाका संयोजक खेमराज खनालको भनाइ छ। बाँदर धपाउनको लागि यन्त्र

पनि वितरण गरिएको बताइएको छ ।करिव ११ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको संयोजक खनालले बताउनुभयो ।

1

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्लले नगरपालिका भित्र आइपास मार्फत विभिन्न चरणमा तालिम संचालन गरेको र वडागत आवश्यकताका आधारमा विपतजन्य सामग्री र स्वास्थ्य सामग्री नगरपालिकालाई सहयोग गरेमा संस्थालाई धन्यवाद दिनुभयो।

आवश्यतता तथा पहिँचान मार्फत छनोट भएका सामग्रीले भैइपरी आउने समस्या लाई समधान गर्ने नगरउपप्रमुख गिता भाटले बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत नुमलाल खनाल,वडा अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।

थप तस्बिर – सागर महत

 

अन्य समाचारहरु