भुमिकास्थान ; नेपाली कांग्रेस वडा नम्वर ८ को प्रथम वार्डभेला पोखेडाँडामा सम्पन्न

1

दिपेन्द्र पौडेल 

नेपाली कांग्रेस भुमिकास्थान नगरपालिका वडा नम्वर ८ को प्रथम वार्डभेला पोखेडाँडामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार आज भुमिकास्थान वडा वडा नं० ८ मा सम्मेलन सम्पन्न भएको हो । सबै अट्ने कांग्रेस सबैलाई जोड्ने कांग्रेस भन्ने मुल नाराका साथ सम्मेलन गरिएको थियो जिल्ला व्यापी अभियानमा रहेको पार्टिले आज जिल्लाभर एकसाथ वार्ड सम्मेलनको आयोजना गरेको हो। तेसै अन्तर्गत भुमिकास्थान ८ को कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि सदस्य छमा कार्कीले नेता र कार्यक्रता बिच सुमधुर सम्बन्ध भएमा मात्र पार्टी बलियो सुदृढ हुने बताउदै पार्टीलाई एकताबद्व बनाइ अगाडि बढ्नु अहिलेको आवश्यक रहेको तर्क थियो ।यश सम्मेलनमा उठेका प्र्स्नको जवाफ जिल्ला नेतृत्वमा राख्ने टेबल हुनेछन् ।भुमिकास्थान नगरपालिका वडा नं ८ का पार्टि सभापती नारायण बहादुर खत्री क्षेत्रीको अध्यक्षता , नगर कमिटी सचिब मुकुन्द खनालको सञ्चालन ज्ञान् श्रेष्ठको स्वागत मतब्यमा कार्यक्रम सम्पन्न भयो । प्रदेश सदस्य रजक मियाँको पनि उपस्तिथि रहेको थियो ।

No description available.
कार्यक्रममा बोल्दै वार्ड न: ८ का वाड अध्यक्ष राजकुमार श्रेष्ठले वाडको लागि अहोरात्र खटिरहेको छु पार्टी सुदृढीकरणहोस भनेर लागिरहेको छु तर पनि जिल्ला नेतृत्व बाट साथ सपोट नपाउदा दुख व्यक्त गरेका थिए केही आफुलाई माहान नेता हुँ भन्नेहरुको हटको कारण कार्यक्रतामा बिचलन आए पनि यस् वार्डका नेपाली काङ्ग्रेसका कार्यक्रता पार्टीमा अडिग रहेको प्रष्ट पारे यसरी नेपाली काङ्ग्रेसका कार्यक्रताहरु बिचलित हुनुमा जिल्ला नेतृत्वको कमजोरी छ यस्को जवाफ र जिम्मा जिल्ला कमिटीले लिनुपर्छ दुई जना टेबुलमा बसेर ठुलाकुरा गर्दैमा पार्टी सुदृढीकरण हुदैन यस् तर्फ जिल्ला नेतृत्व को ध्यानाकर्षण हुन जरुरी छ अध्यक्ष राजकुमार श्रेष्ठको तर्क थियो । बोल्ने क्रममा क्षे: प: चिरञ्जीवी पौडेलले नेपाली काङ्ग्रेसमा आजिबन लागे भन्दा पनि पार्टी र जनतालाई के दिए भन्ने कुरा महत्त्वपूर्ण हुन्छ आफ्नो आशेपास बाट नेतृत्व मुक्त हुन नस्क्नु अहिलेको प्रमुख समस्या र चुनौती भएको बताएका छन ।

No description available.

अन्य समाचारहरु