ललितानिवास प्रकरण हिरो देखाउन स्टन्ट मात्र होः केपी ओली

1

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान हिरो देखाउन चालिएको स्टन्ट मात्र भएको दाबी गरेका छन्। शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस प्रकरण सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका हुन्।

1

सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट गरेको ओलीको दाबी छ। ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो। आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो। अरु केही गर्दैन यो सरकारले,’ ओलीले भने।

1

त्यस्तै, ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाए। पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापद दोषी देखाउन खोजेको बताए।

ad