ब‌गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

1

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पारेको छ। घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो। 

1

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।  टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्। 

यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। 

1

नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका थिए।

गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो। 

खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन। 

खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन्। 

खेलको ४३औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाइन्। खेलको ४४औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन्।  खेलको ८२औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो। झारेका छन् ।