आज साउने संक्रान्ति , स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै , कर्णालीमा सार्वजनिक बिदा

1

काठमाडौं । आज साउने संक्रान्ति पर्व मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने संक्रान्तिको रुपमा मनाइने गरिन्छ ।

1

यस दिन  असार महिनाभर रोपाइँ गरिने भएकाले  हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग निको पार्न भन्दै न लुतो फाल्ने चलन पनि नेपाली परम्परामा चलिआएको छ ।

कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालेर लुतो फाल्ने नेपाली परम्परा रहिआएको छ  ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।  सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

कर्णाली प्रदेश सरकारले  साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा समेत दिएको छ ।  कर्णालीमा आज देउडा पर्वको रुपमा साउने संक्रान्तीलाई मनाउने गरिन्छ ।