

काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।



एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।









