‘एमाले युवा नेताहरुको हैसियत दुनामा खाएर कुनामा बस्नेसरह पनि छैन’ – काङ्रेस महामन्त्री शर्मा

1

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन् ।

ad

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । काँग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँटै नभएको उनको भनाइ थियो ।

उनले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए । तर काँग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हँुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे ।

‘लाईभ हुुनु ठूलो कुरा होइन । अब सबै दलको बैठक लाईभ होला । काँग्रेसले शुरु ग¥यो । अरुतिर पनि दबाब पर्ला,’ महामन्त्री शर्माले भने, ‘तर प्रश्न के हो भने काँग्रेसको लाईभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाईभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यु भनेर यसरी प्रश्न गर्ने शाहस राख्ला ? मैले त एमाले पार्टीका हाम्रो उमेरका साथीहरुलाई भने– ए कमरेड, पाको नेताहरु पनि छँदै हुनुहुन्छ,  युवाहरु हामी पनि छौं भनेर यसो संसदीय दलमा खडा भएको भएको हुन्थ्यो नि । हामी त सभापति देउवालाई जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा । तर पनि युवाहरु छौं है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर हामीले त प्रतिष्पर्धा गर्यौं त । शेरबहादुर देउवा र गगन थापा सँगसँगै मुस्कुराउँदै उम्मेदवारी दर्ता गराउनु भयो त ।

1

हाम्रो त यस्तो छ त लोकतान्त्रिक गतिविधि । तपाईहरुले चाहिँ किन नगर्नु भएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि । मैले यसाे भन्दा एक जना मित्रले के भन्नुभयो भने- होइन यार, काँग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने । हाम्रो त यस्तो अवस्था छ । त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरुले नराम्रो मान्न हुँदैन ।’1

महामन्त्री शर्माले काँग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षामा उर्तीण हुन पढनुपर्ने भएकाले काँग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उनको भनाइ थियो ।

ad