अर्घाखाँचीको जलुकेमा बिधुत शर्ट भई घरमा आगोलागी हुदाँ लाखौंको क्षति

1

-बिष्णु कुमार आले
अर्घाखाँची । बिधुत शर्ट भई अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ ।
ad
घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेकाे गोठ र बाख्राको खोर पुर्णरूपमा जलेको छ ।
शनिबार बिहान आगोलागी हुँदा घरमा भएको अन्नपात, लत्ताकपडा , पचास हजार नगद तथा जिन्सी सामाग्री जलेर नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि , जलुके प्रहरी चौकी बाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्दार गरिएको वडा अध्यक्ष देबिराम घिमिरेले जानकारी दिनु भयो ।
1
अहिले पिडित परिवारलाई छिमेकी आफ्नै दाजुभाई हरि बहादुर खाम्चाको घरमा राखिएको छ । उनिहरूको ४ जनाको परिवार मध्ये २ जना रोजगारका लागि भारत गएको र दुई जना घर बाहिर भएको बेला मिटरवक्समा बिधुतशर्ट भई आगो लागि भएको प्रहरीले जनाएको छ ।
बर्षाको समयमा आगोलागी बाट गाँस, बास ,कपास बिहिन भएपछि खाम्चाको परिवार विचल्लीमा परेको हो ।  अहिले पिडित परिवारलाई बिहान बेलुका छाक टार्नका लागि छिमेकीहरूले सहयोग गरिरहेका छन् ।

ad

अन्य समाचारहरु