अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा

1

काठमाडौँ। अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा इङ्ल्यान्ड ३–१ गोलले विजयी भएको हो।

ad

इङ्ल्यान्डले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि इङ्ल्यान्डले अग्रता लिएको हो। तर, अष्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन्।

1

७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लिएको हो। अलेस्सिया रुस्सोले ८६ औँ मिनेटमा गोल थपेकी थिइन्। उनलाई हेम्पले पास उपलब्ध गराइन्।

जितसँगै इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

ad