कोशी प्रदेश ; सोमवार विश्वाशको मत लिने मुख्यमन्त्रिको तयारी

1

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई सूचना दिएपछि उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमबार दिउँसो १ बजे छलफलका लागि समय तोकेकी हुन् । प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मत लिने प्रस्तावको छलफल हुनुभन्दा दुई दिनअगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने उल्लेख छ । सूचनाअनुसार सभामुखले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने समय तोक्ने व्यवस्था छ ।

Uddhav Thapa, NC LeaderAppointed as Chief Minister of Koshi Province

ad

मुख्यमन्त्री थापाले दिएको सूचनामा आउँदो आइतबार विश्वासको मत लिने उल्लेख भए पनि उपसभामुख दनुवारले सोमबारका लागि समय तोकेकी हुन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा छन् । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएको अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत लिन बहुमत सिद्ध गर्न सक्नेछन् । तर एमालेबाट निर्वाचित उपसभामुख दनुवारलाई पार्टीले पदबाट राजीनामा गराएर भए पनि मुख्यमन्त्री थापालाई विश्वासको मत लिन नदिने रणनीतिमा देखिएको छ ।

कन्तिपुरले उल्लेख गरेको छ्

ad