क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

1

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।

यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

ad

पीडित किशोरीकी आमाको जन्ममिति फरक फरक (२०३५ र २०३३) रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

1

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

ad