अस्पतालको लाहपरवाहीले गुल्मीमा एक बालिकाको ज्यान गयो ।

1

-केशब पन्थी

भदौ १२,गुल्मी- गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ ।

ad

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्तका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो ।

सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो ।

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधि दिइएको थियो। त्यसपछि उनी बेहोस भईन्। सुई लगाएपछि बेहोस भएकी प्रशंसा फेरी ब्युझिन सकिनन ।

1

नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहपरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको उनका आफन्तले बताए  ।

घटनाका प्रत्यक्षदर्शी समेतले अस्पतालकै लाहपरवाहीले एक बच्चाले ज्यान गुमाउनु परेको बताएका छन ।

आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालको लाहपरवाहीले गर्दा बिरामीको ज्यान गएको बताए । अस्पतालले लाहपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

ad

अन्य समाचारहरु